Section 8
सभाको काम, कर्तव्य र अधिकार
: सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) प्रतिष्ठानको नीति, योजना तथा कार्यक्रम स्वीकृत गर्ने,
(ख) प्रतिष्ठानको नियम स्वीकृत गर्ने,
(ग) प्रतिष्ठानको वार्षिक बजेट पारित गर्ने,
(घ) प्राज्ञिक परिषद्को सिफारिसमा सम्बन्धित व्यक्तिलाई उपाधि, प्रमाणपत्र, पदक तथा पुरस्कार प्रदान गर्ने,
(ङ) प्राज्ञिक परिषद् तथा कार्यकारी परिषद्बाट पेश भएका प्रस्ताव स्वीकृत गर्ने,
(च) तोकिए बमोजिमको अन्य काम गर्ने ।